त्रिचन्द्र क्याम्पसमा नेविसंघको प्यानल नै विजयी

विहीबार, २१ चैत्र २०८१
काठमाडौं : त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ । नेविसंघका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मतले सभापतिमा विजयी भएका छन् । सभापतिका लागि अनेरास्ववियुका प्रमित विष्ट र स्वतन्त्र उम्मेदवार सागर न्यौपाने पनि प्रतिस्पर्धामा थिए । यसअघि चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो । त्यसपछि चैत १३ गतेका लागि मिति तय भयो । क्याम्पसको मूल गेटमा नै तालाबन्दी भएपछि त्यो दिन पनि चुनाव रोकिएको थियो । त्यसपछि मंगलबार (चैत्र १९)गते निर्वाचन भएको थियो ।  यस्तै सचिवमा नेविसंघकै आशिष गिरी, कोषाध्यक्षमा दुष्यन्त गौतम विजयी भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार