काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अन्ततः कार्यालय प्रवेश गर्न सफल भएका छन्।
आर्थिक अनियमितताको आरोप लागेका गुरागाईँलाई महानगर प्रमुख बालेन्द्र शाहले कार्यालय प्रवेशमा रोक लगाएका थिए। तर, केही जनप्रतिनिधि र कर्मचारीको साथमा उनले महानगर प्रहरीको सुरक्षा घेरा तोड्दै कार्यालय प्रवेश गरेका हुन्।
महानगर प्रमुख शाहले कानुनविपरीत कार्य गरेको भन्दै गुरागाईँलाई निषेध गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले तीन महिनादेखि तलब पाएका छैनन्।
यसअघि, मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत गुरागाईंमाथि आर्थिक अनियमितताको आरोप लगाएका थिए। महानगरले पनि उनलाई भ्रष्टाचारको विषयमा छानबिन गर्नुपर्ने माग गर्दै कार्यालय प्रवेशमा रोक लगाएको थियो।
प्रतिक्रिया