विराटनगर । बिजुली आपूर्ति अनियमित हुँदा कठिनाइ भएको भन्दै उद्योगी व्यवसायीले यसको समाधान गर्न माग गरेका छन् ।
समस्या समाधान गर्न गम्भीर हुन उनीहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
मोरङ व्यापार संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले विराटनगरस्थित नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुखलाई भेटेर समस्या समाधान गर्न आग्रह गरे ।
उनीसहितको टोलीले समस्या समाधान गर्न भन्दै ज्ञापन पत्र समेत बुझाएको छ ।
अनियमित विद्युत आपूर्तिबाट विशेष गरी उद्योगहरुमा पर्न गएको समस्याप्रति ध्यानाकर्षण गराइएको छ ।
आपूर्ति अनियमितता, कम भोलटेज, ट्रिपिङ जस्ता समस्याले गर्दा औद्योगिक क्षेत्र समस्यामा परेको जनाइएको छ ।
आपूर्ति अनियमित हुँदा कच्चा पदार्थ नष्ट हुने, मिल मेशिनरीहरु बिग्रने तथा कामदार श्रमिकहरुको कार्य अवरोध हुने लगायतका समस्याहरु उत्पन्नभई उद्योगहरुको लागत खर्च वृद्धि भएको तथा ठूलो आर्थिक व्ययभार थपिएको उद्योगीको भनाइ छ ।
Discussion about this post