काठमाडौं । अर्जेन्टिनामा आगामी महिना हुने फिफा यू-२० विश्वकपको ‘ड्र’ सार्वजनिक भएको छ । आयोजक अर्जेन्टिनाले उज्वेकिस्तानसँग खेल्दै विश्वकपको सुरुवात गर्ने भएको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको मुख्यालय ज्युरिखमा भएको ड्र अनुसार ६ पटकको च्याम्पियन अर्जेन्टिनाले एसियाली प्रतिद्वन्द्वी पाएको हो ।
घरेलु टोली रहेको समूह ‘ए’ मा उज्वेकिस्तानसहित गुवाटेमाला र न्युजिल्याण्ड छन् । यस्तै समूह ‘बी’ मा अमेरिका, इक्वेडर, फिजी र स्लोभाकिया तथा समूह ‘सी’ मा सेनेगल, जापान, इजरायल र कोलम्बिया छ्न् ।
समूह ‘डी’ मा इटाली, ब्राजिल, नाइजेरिया तथा डोमिनिकन रिपब्लिक छन् । समूह ‘ई’ मा उरुग्वे, इराक, इंग्ल्याण्ड र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ भने फ्रान्स, कोरिया रिपब्लिक, द गाम्बिया तथा होन्डुस समूह ‘एफ’ मा प्रतिस्पर्धा गर्नेछन् ।
गत अप्रिल १७ मा फिफाले इन्डोनेसियाबाट अधिकार खोस्दै अर्जेन्टिनालाई जिम्मा दिएको थियो । इन्डोनेसियाले प्यालेस्टाइनसँग खेल्न नमानेपछि विश्वकप आयोजनाको अधिकार खोसिएको हो ।
Discussion about this post