विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई गृह मन्त्रालयमा तानिएका छन् ।
मन्त्रालयले वीरेन्द्र यादवलाई मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
यादव यसअघि सखुवासभामा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए ।
राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिएर आर्थिक चलखेल गरेको आरोपमा गृहमन्त्रालयले भट्टराईलाई छानविनको दायरामा पार्दै मन्त्रालयमा तानेको स्रोतले बताएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईसँगै सूचना प्रविधि शाखा प्रमुख मुकेश रेग्मीलाई पनि गृहमन्त्रालयमा तानेको जनाइएको छ ।
भट्टराईले २०७९ माघ १३ गतेदेखि मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।
Discussion about this post