धरान । धरान उपमहानगरपालिकाले आफ्नो सिमानामा राखेको सिमा प्रारम्भ बोर्ड युवा संघलाई पुनः राखिदिन धरानका नगर प्रमुख हर्कराज राईले आग्रह गरको छन् ।
प्रेस विज्ञप्ती जारी गर्दै नगर प्रमुख राईले ‘नगर प्रमुख र प्राविधिक टोली खटाएर धरानको दक्षिण सिमानामा लगाएको बोर्ड यथास्थानमा पहिलेकै अवस्थामा राखिदिन आग्रह गरेका हुन् । उनले अराजकता मच्चाउने छुट कसैलाई नभएको भन्दै कानुनी कारवाहीको माग गरेका छन् । यस अघि धरान उपमहानगरपालिकाका योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख एवं वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले धरानको सिमाना पानीपिया क्षेत्र नै भएको बताएका छन् ।
श्रेष्ठले गुगल म्यापको आधारमा मात्र नभइ नेपाल सरकारको नापी विभागबाट जारी भएर नेपालभरि प्रयोग गरिने आधिकारिक नक्सा अनुसार पनि धरानको सिमाना पानीपिया नै भएको बताएका छन् । फेसबुकमा धरानको नक्सा लगाउदै इन्जिनियर श्रेष्ठले धरान र इटहरीको सिमानाका बिषयमा लेखेका छन् ।
उनले साविक हासपोसा गाविसको कृषि फाराम उत्तरतिर शान्तिनगर जाने बाटोभन्दा ३३२ मिटर उत्तरदेखि धरानको सिमाना सुरु हुने र त्यस ठाँउबाट २.९५ किलोमिटर उत्तरसम्म राजमार्गको पश्चिमपट्टी धरान र पूर्वपट्टी ईटहरी पर्ने कुरा लेखेका छन् ।
Discussion about this post