इटहरी । नीजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा ४ वर्ष अघि बीमा गरेका साइमन राइलाइ कम्पनीले ५० लाख रुपैया हस्तान्तरण गरेको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको इटहरी शाखामा आज एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरिएको थियो ।
राईलाई बीमा इन्स्योरेन्सका कोसी प्रदेशका प्रमुख नरेन्द्र राइले उक्त रकम हस्तान्तरण गरेका थिए । सो भुक्तानी घातक रोग बापतको बीमा दाबी भुक्तानी रहेको जनाइएको छ ।
२०७६ कार्तिक २९ गतेका दिन ५० लाख रुपैयाको अमृत वर्षा बीमा गरी बार्षिक प्रिमियम ६ लाख २९ हजार ६ सय ५० रुपैयाका दरले ४ किस्ता वुझाई सकेका थिए । बीमा गरी वैदेसिक रोजगारीका लागि दुवईमा रहेका बेला घाटीको क्यान्सर प्रमाणित भएपछि उपचार गर्न नेपाल फर्किएका थिए । उनले सबै प्रक्रिया पुरा गरेपछि बीमा पोलिसीको नियमानुसार उनलाई ५० लाख रुपैयाको चेक हस्तान्तरण गरिएको प्रदेश प्रमुख नरेन्द्र राईले बताए ।
४ वर्ष अघि एक हर्वो उत्पादन कम्पनीमा काम गरी कमाएको पैसा ऋण तिर्ने सोचमा थिए । दमकका एकजना अभिकर्ता मित्रले बीमा गर्न प्रोत्साहित गरे ।
त्यसपछि भविश्यको जोखिम र सुरक्षाको हिसावले बीमा गर्नु फाइदा भन्ने सोचेर उनको प्रस्तावलाई स्वीकार गरे । तर ४ वर्ष पछि क्यान्सर जस्तो रोगलाई कसरी पराजित गर्ने आर्थिक चिन्ता थपिएको बेला घातकर रोग बापत ५० लाख पाउने आसले रोगसंग लड्न ठूलो साहस आएको उनले चेक हस्तान्तरण कार्यक्रममा भने । बीमाले आर्थिक संकट मात्र होइन मानसिक संकटलाई पनि सहज रुपमा व्यवस्थापन गर्दो रहेछ चेक ग्रहण पछि उनले आफ्नो अनुभव सुनाए ।
Discussion about this post