पाँचथर । कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कोशी प्रदेश नामकरण भएपछि सिर्जित घटनाक्रमलाई राजनीतिक रुपले व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
आङ्देम्बेले नेपाल प्रेस युनियन पाँचथर शाखाको छैटौं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै यस्तो बताएका हुन् ।
विरोध र प्रतिवादका घटनाले राजनीतिक दल र नागरिक समाज ध्रुवीकरणको दिशातर्फ उन्मुख भएको भन्दै आङ्देम्बेले हिंसा भड्किन नदिन सबै राजनीतिक दल र शीर्ष नेतृत्व सचेत हुनुपर्ने बताए ।
समस्या समाधानका लागि संवाद गर्न राजनीतिक संयन्त्र बनाउनुपर्ने उनको धारणा थियो ।
पहिचान पक्षधरहरुको आवाजलाई दबाउन खोज्नु जायज नहुने भन्दै आङ्देम्बेले समस्या समाधानका लागि संवादको वातावरण बनाउनु पर्ने दोहोर्याए ।
Discussion about this post