इन्डियन प्रिमियर लिग आईपीएलमा गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ । साविक विजेता गुजरातको जितमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।
सवाइ मानसिंह स्टेडियममा भएको खेलमा घरेलु टोली राजस्थानले टस जितेर पहिले ब्याटिङ थालेको थियो । सात खेलाडीले दोहोरो रन बनाउन नपाइ मैदान बाहिरिएपछि राजस्थान १७ ओभर ५ बलमा सबै विकेट गुमाएर ११८ रनमा समेटियो ।
कप्तान सन्जु सामशनले बनाएको ३० रन नै टिमका लागि सर्वाधिक बन्यो । राशिद खानले ३ विकेट हात पारे । नुर अहम्मदको नाममा २ विकेट रह्यो ।
जवाफमा उत्रिएको गुजरातले १ विकेट गुमाएर ३७ बल अघि नै लक्ष्य पूरा गर्यो । रिद्धिमन साहले ४१ रनको अविजित पारी खेले । सुभम गिलले ३६ तथा कप्तान हार्दिक पाण्डेयले १५ बलमा ३९ रनको आक्रमक पारी खेले ।
यो जितपछि शीर्ष स्थानको गुजरातले १० खेलबाट १४ अंक बनाएको छ । चौथो स्थानमा रहेको राजस्थानको समान खेलबाट १० अंक छ ।
Discussion about this post