काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करबाट एक नेपाली महिलाको मृत्यु भएको छ।
रक्डेल सिटीनजिकै ट्रकले ठक्कर दिएपछि प्रमिला सुवेदीको मृत्यु भएको हो ।
उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नी हुन्।
रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्याएर फर्किने क्रममा प्रमिलाले आफैँले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट घाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
दुई दशकदेखि सुवेदी दम्पती अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। उनीहरूका दुई छोरा छन्।
Discussion about this post