इलाम । इलाम नगरपालिका १ मा मासिक एक दिने श्रम कार्यक्रम सुरु भएको छ ।
सामाजिक कार्यमा लाग्नु पर्छ भन्ने सन्देश दिन पनि यो कार्यक्रम सुरु गरिएको हो ।
इलाम नगरपालिका १ साँखेजुङमा यो कार्यक्रम सुरु भएको वडाध्यक्ष गायत्रीराम बस्नेतले जानकारी दिए ।
उनका अनुसार पहिलो दिनमै सय वढीको सहभागिता थियो । शनिबारबाट वडा कार्यालयको संयोजकता र दुइवटा बाटोका उपभोक्ता समितिको आयोजनामा शुरुभएको यो कार्यक्रम आउँदा दिनमा साँखेजुङका सवै बाटोहरुमा शुरु गर्ने वडाध्यक्ष बस्नेतको भनाइ छ ।
शनिबार घडेरी खोला गैरीवास सडक र लिमलिमा सेती धारा सडकका उपभोक्ता समितिका उपभोक्ता र इलाम १, साँखेजुङवासीहरुको सहभागिता थियो ।
श्रमदान गर्न एक सयभन्दा वढी स्थानीय सहभागी भएका थिए । उनीहरुले ४ किलोमिटर सडकमा श्रमदान गरेका थिए ।
साँखेजुङका सडक मध्येको सबैभन्दा पुरानो सडकको रुपमा रहेको घडेरी खोला गैरीबास सडक लामो समयसम्म व्यवस्थित नभएकोले अब यो सडकलाई सबै मौसममा चल्ने बनाइने पनि अध्यक्ष बस्नेतले बताए ।
श्रमदान कार्यक्रममा साँखेजुङका ७० वर्षिय समाजसेवी ओमबहादुर ढकाल, घडेरी खोला गैरीवास सडकका उपभोक्ता समितिका अध्यक्ष धनराज दाहाल, लिमलिमा सोतीधारा सडकका उपभोक्ता समितिका अध्यक्ष गिरी वहादुर राईको सक्रिय सहभागिता थियो ।
श्रमदानमा साविक साँखेजुङ वडा नम्बर २ का पूर्व वडा अध्यक्ष हरी प्रसाद तिम्सीना, केन्द्रीय चिया सहकारीका संस्थापक अध्यक्ष गोविन्द दाहाल, ग्रिनहिल एकाडोमीका संस्थापक दिपेन्द्र थापा, समाजसेवी युक्तवहादुर सुवेदी, नेपालटार माध्यमिक विद्यालयका शिक्षक टेकेन्द्र वस्नेत लगायतको सहभागिता थियो ।
श्रमदान गर्ने एक सय वढीलाई नेपालटारका युवा व्यवसायी तथा समाजसेवी तारा थापाले खाजाको व्यवस्था गरेका थिए ।
Discussion about this post