गत निर्वाचनमा राजनितिक दलसँगै बिभिन्न कलाकारहरुको पनि सहभागिता थियो । कतिपय कलाकारहरु निर्वाचनमा पनि सफल भएका छन् भने कोही पराजित भए । यसपटक निकै चर्चामा रहेकी अभिनेत्री रेखा थापा पराजित भइन् भने पुर्व सांसद समेत रहेकी कोमल ओली पनि पराजित हुन पुगिन् । चलचित्र निर्देशक रोज राणा प्रदेश सांसद बन्न सफल भए ।
यसै बिच चलचित्र ‘२ रुपैया’ निर्देशन गरेर चर्चामा आएका निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सांसदमा छनौट भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फ १३ सिटको सूचीमा शाहको नाम पनि समावेश छ ।
मुस्लिम समुदायका तर्फबाट शाह सांसद छानिएका हुन् । शाहले चलचित्र निर्देशनको अलवा विज्ञापन तथा बिभिन्न म्युजिक भिडियोमा अभिनय र निर्देशन समेत गरेका छन् ।
Discussion about this post