इलाम । इलाम नगरपालिका १ साँखेजुङमा अनिर्वाय महिनाको एक दिन श्रमदान कार्यक्रम शुरु भएसँगै स्थानियहरु आफैले सडक मर्मत शुरु गरेका छन् ।
शनिबार माइभ्याली चिया कारखनादेखि कार्की गोलाई सम्मको ५ किलोमिटर सडकको कच्ची नाली बनाउने तथा सडक मर्मतमा ६० वढी स्थानीय जुटेका थिए । बाटो उपभोक्ता समितिका अध्यक्ष हरि प्रसाद तिम्सीनाको पहल तथा वडा कार्यालयको सहयोगमा स्थानीहरुले श्रमदानमा सहभागी भएका हुन् ।
वडा कार्यालयको सहजिकरणमा यो कार्यक्रम आउँदा दिनमा साँखेजुङका सवै सडकमा लागु गरिने वडाध्यक्ष गायत्रीराम बस्नेतले बताए । सँधै सरकारको भर भन्दा पनि स्थानिय आफैँ पनि श्रमदानमा सहभागी बन्न सके भरपर्दो र गुणस्तरिय काम हुने उनले बताए ।
यस्ता कार्यक्रम देशै भरी पुर्याउन सके स्थानीयलाई सडकको आफ्नो हो भन्ने भावनाको विकास हुने र सडकको संरक्षणमा स्थानिय लाग्ने भएकाले् पनि श्रमदान हुनु पर्ने स्थानियहरुको बुझाई छ । श्रमदानले सामाजिक कार्यमा लाग्ने प्रेरणा समेत जाग्ने केन्द्रीय चिया सहकारीका संस्थापक अध्यक्ष गोविन्द दाहालले वताए ।
श्रमदानमा साविक साँखेजुङ वडा नम्बर २ का पूर्व वडा अध्यक्ष हरि प्रसाद तिम्सीना, केन्द्रीय चिया सहकारीका संस्थापक अध्यक्ष गोविन्द दाहाल, नेपालटार माध्यमिक विद्यालयका शिक्षक टेकेन्द्र वस्नेत, वडा सदस्य महोन गुरुङ लगायत स्थानीय युवा, देखि वृद्धहरुको समेत उत्साहजनक सहभागिता रहएको थियो ।साभागीलाई नेपालटार निवासी व्यवसायी तथा समाजसेवी शकुनतला राईले खाजाको व्यवस्था गरेकी थिईन ।
Discussion about this post