काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।
निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको हो।
भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि निगमले पनि मूल्य घटाएको हो।
यससँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ।
पेट्रोलको मूल्य भने प्रतिलिटर १७५ रुपैयाँ यथावत राखिएको छ।
Discussion about this post