काठमाण्डौ । डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको हो ।
यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा कारोवार हुने गरेकोमा घटेको नयाँ मूल्यसुचि अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ ।
निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ ।
निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि नेपालमा पनि उपभोक्ता मूल्य घटाइएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।
Discussion about this post