काठमाडाै । देशका धेरै ठाउँमा आज पनि बिहानै घाम चर्किएको छ । एक/दुई दिन अझै घाम चर्किने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् रोजर लामिछानेका अनुसार तत्काल पानी पर्ने सम्भावना छैन ।
प्रि-मनसुुनको समय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली हुने अनुमान भए पनि पानी नपर्ने उनले बताए ।
मौसमविद् लामिछानेका अनुसार तत्काल पानी पार्ने प्रणाली सक्रिय छैन । यसले गर्दा तापक्रम बढ्ने अनुमान छ ।
पानी पर्न रोकिएसँगै काठमाडौसहित धेरै ठाउँको अधिकतम तापक्रम बढ्न थालेको छ । हिजो काठमाडौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो ।
आज पनि यही हाराहारीमा तापक्रम पुग्ने अनुमान छ । यस्तै, सिमराको अधिकतम तापक्रम ३८ दशमलव ४, जनकपुरको ३८, नेपालगञ्जको ३७ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।
Discussion about this post