दक्षिण छिमेक भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार उज्जैनको भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालको भव्य स्वागत गरिएको छ ।
त्यहाँका भारतीय उच्च पदस्थ अधिकारी, सर्वसाधारणका साथै त्यस क्षेत्रमा रहेका नेपालीहरुले दाहालको स्वागत गरेका थिए ।
इन्दोरस्थित विमानस्थलमा दाहाललाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलगायतले स्वागत गरेका थिए ।
नेपालीहरुले नेपाली राष्ट्रिय झण्डा र मौलिक पोशाकमा उपस्थित भएर स्वागत गरेका थिए ।
यसैगरी, प्रधानमन्त्री दाहालको स्वागतमा उज्जैनका मौलिक सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।
भ्रमण स्थल जाने सडकका दायाँ बायाँ प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरअंकित ठूला ठूला बोर्डहरु राखिएको थियो ।
प्रधानमन्त्री दाहाले उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर जाने र त्यहाँका वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
Discussion about this post