काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।
एमालेको अवरोधपछि एक घण्टाका लागि स्थगित भएको बैठक विशेष कारणले बैठक पुन: निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभाको सचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गरी जानकारी दिएका छन् ।
सभामुख देवराज घिमिरेले अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाएको उक्त सूचनामा उल्लेख छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रहितविरुद्धको अभिव्यक्ति दिएको आरोप लगाउदै एमालेले संसद अवरुद्ध गरेको हो । यस विषयमा प्रधानमन्त्रीले संसद माफी माग्नु पर्ने एमालेको माग छ ।
Discussion about this post