सुनसरीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठक्कर हुँदा दुईजनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मंगलबार साँझ ७ः१० बजेतिर सुनसरीको बर्जु गाउँपालिका १ गोपी चोकस्थित भित्री सडकखण्डमा दुर्घटना भएको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३४ प ६४७८ नम्बरको मोटरसाइकल सोही स्थानमा रोकेर राखेको को १ त ६७७४ नम्बरको ट्याक्टरमा ठक्कर भइ दुर्घटना भएको थियो ।
दुर्घटनामा मोरङको रंगेली नगरपालिका १ बस्ने २७ वर्षीय धीरेन्द्र सरदार र सुनसरीको बर्जु ५ का २६ वर्षीय नीरज सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक तत्काल फरार भएकाले खोजीकार्य भइरहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Discussion about this post