विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गरेर आफ्नो हक खोज्नुपर्ने बताएका छन् ।
बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले नेपाली भूमि दिएर भारतको बाटो प्रयोग गर्ने विषयमा नेपालले असहमति जनाउनु पर्ने बताए ।
‘भारतले आफ्नो सांस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि आफ्नो सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्छ,’ उनले भने ।
महामन्त्री थापाले अब पार्टी सभापतिको बाटो हेरेर नबस्ने बताएका छन् । ‘सभापतिले गर्नुहुन्छ भनेर बाटो हेरेर बस्दैनौं’ उनले भने ।सभापतिको एकल अधिकार बाहेकका कुनै पनि काम अब बाँकी नराखी अगाडि बढ्ने उनले बताए ।
‘कति काम पार्टीको सभापतिले मात्रै गर्न पाउने व्यवस्था छ । केन्द्रीय कमिटीको बैठक सभापतिले मात्रै बोलाउनु पाउनुहुन्छ । मैले बोलाए भने पार्टी अप्ठ्यारोमा पर्छ । तर लामो समयदेखि बैठक बसेको छैन । हामीले सभापतिलाई बैठक बोलाउनुहोस् भनेर दबाब दिनुपर्छ,’ उनले भने ।
पार्टीमा देखिएका समस्यालाई भदौमा हुने नीति अधिवेशनले सम्बोधन गर्ने उनको विश्वास थियो ।
Discussion about this post