इटहरी । सुनसरीको इटहरीमा रहेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरले १८औ वार्षिकोत्सव मनाउने क्रममा विशेष योगदान दिने चिकित्सकहरुलाई सम्मान गरेको छ ।
१७ वर्षअघि स्थापना भएको सेन्टरले यस अवधिमा विभिन्न आरोह अवरोहको सामना गर्दै अहिलेको अवस्थामा आइपुगेको भन्दै सञ्चालक नवीनराज गौतमले सहयोगीहरुको प्रशंसा गरेका थिए ।
सेन्टरले केही महिना अघिदेखि मिर्गौला रोगसम्बन्धी विशेषज्ञबाट उपचार सुरु गरेको छ ।
वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममासंस्थामा योगदान दिने चिकित्सकहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा डा. प्रेरणा दाहाल, डा. राजीवकुमार शाह, डा. सन्दिप अधिकारी, डा. सुरेशप्रसाद शाह, डा. निरज खड्का, डा. सितेन्द्र यादव, डा. रवीन्द्रप्रसाद यादव, डा. श्रीप्रसाद खनाल छन् ।
यसैगरी डा. चन्द्रशेखर अग्रवाल, डा. राकेश मण्डल, डा. रौनक दाहाल, डा. विविसा बानियाँ, डा. प्रवीणकुमार झा, डा. मुरारी ढुङ्गाना, डा. प्रविद गजुरेल, डा. सुरज दाहालको पनि सम्मान गरिएको सेन्टरले जनाएको छ ।
२०६३ सालमा स्थापित सेन्टरले हाल इन्डोक्राइनोलोजिष्ट, सुगर, प्रेसर, थाइराइड र हार्माेन रोग विशेषज्ञ डा. राकेश मण्डल, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रेरणा दाहाल, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. राजीवकुमार शाह, डा. रौनक दाहालबाट सेवा दिँदै आएको गौतमले बताए ।
Discussion about this post