काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटको प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
बजेटमाथि प्रतिनिधिसभाका सांसदहरुले जवाफ दिँदै सोमबार संसद्मा उनले पुँजीगत खर्च बढाउन कार्यतालिकासहित अघि बढ्ने जनाए । उनले बजेट स्वदेशमै रोजगारी सिर्जना गर्न केन्द्रित रहेको दाबी गरे ।
आवश्यकता, महत्त्वकांक्षा र माग धेरै भए पनि स्रोत सीमित रहेको अर्थमन्त्री महतको भनाइ छ । उनले महत्त्वपूर्ण आयोजनामा खर्च कटौती नगरी अन्यत्र बजेट छरिएको स्वीकार गरे ।
मन्त्री महतले दाताहरु सहयोग गर्न तयार रहेको तर खर्च गर्ने क्षमता बढाउनुपर्ने अवस्था रहेको सांसदहरुलाई जानकारी दिए ।
Discussion about this post