काठमाडौं । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जना सदस्य मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको विभागमा विभिन्न जिल्लाका व्यक्तिहरुलाई मनोनयन गरेका हुन् ।
मनोनीत हुनेहरुमा काठमाडौंका दिपकप्रसाद कुईंले, महोत्तरीका गोपाल झा, पाल्पाका कृष्णप्रसाद बस्याल, सुनसरीका तिलक राई, तनहुँका गोविन्द परियार, सुनसरीका चन्द्रेश्वर खत्वे, काठमाडौंका गणेश केसी, ताप्लेजुङकी शिला इजम, कास्कीका गंगाधर पराजुली, झापाका लोकराज ढकाल, मकवानपुरका सन्तबहादुर चेपाङ छन् ।
यसैगरी मोरङका राजु मास्के, कैलालीका उमिद वागचन, काठमाडौंका लीला खनाल, मोरङका चेतराज रेग्मी, रौटहटका मिथलेस मिश्र, सुर्खेतका मोती पौडेल, सुनसरीका पवन अधिकारी, रुपन्देहीकी कमला पाण्डे, रुपन्देहीकै फूलमाया सुनार, कास्कीका राजबहादुर गुरुङ, चितवनका राघव गौतम, काठमाडौंकी अनुषा नेपाल, काभ्रेका निगम हुमागाईं, स्याङजाका गोविन्द मरासिनी पनि उक्त समितिमा मनोनीत भएका छन् ।
यस्तै, विभागमा मनोनीत हुने अन्यमा रोल्पाका हुकुमबहादुर बुढा, पर्साकी रम्भा मिश्र, पाँचथरका लवदेव ढुंगाना, काठमाडौंका दिनेशविक्रम शाह, धनुषाका सुरेश यादव, स्याङजाका इन्द्र रिजाल, रौतहटका मो. ओजिर देवान, सुर्खेतका पूर्णबहादुर नेपाली, कालीकोटका अशोकनाथ योगी, ललितपुरका विष्णुप्रसाद तिम्सिना, संखुवासभाका दिपेन्द्र वान्तावा, महोत्तरीका सज्जन ठाकुर, अस्ट्रेलियामा रहेका प्रकाश खरेल र बेलायतमा रहेका विनोद मोक्तान छन् ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरी मनोनयनबारे जानकारी दिएका हुन् ।
Discussion about this post