विराटनगर । संखुवासभाको हेँवा खोलामा शनिवार राति आएको बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ ।
मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा झरेको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा क्षति भएको प्रहरीले जनाएको छ ।
बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पुर्णरुपले क्षति पुगेको वाना प्रहरी चौकी प्रमुख टिकाराम राईले जानकारी दिए ।
उक्त परियोजनामा काम गर्ने १६ जना मजदुरहरू सम्पर्क विहीन भएका छन् ।
बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ ।
यसैगरी उक्त क्षेत्रमा ४ घर बगाएको प्रहरीले जनाएको छ ।
Discussion about this post