काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरु समाजवादी मोर्चा सोमबार घोषणा हुने भएको छ।
आइतबार बिहान बसेको कार्यदल र शीर्ष नेताहरुबीचको छलफलपश्चात सोमबार राष्ट्रिय सभा गृहमा समाजवादी मोर्चा घोषणा हुने जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
उनका अनुसार समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी छन्।
आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रबहादुर चन्द विप्लब लगायतका नेताहरुबीच बालुवाटारमा छलफल भएको हो।
सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठन गर्न लागिएको नेताहरुले बताएका छन्।
समाजवादी मोर्चा बने २७५ सदस्यीय प्रतिनिधि सभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति निर्माण हुनेछ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा सहभागी हुने/नहुने टुंगो लागेको छैन।
Discussion about this post