नीरा सुब्बा
यो मन
पहिले मुरमुरिन्थेँ ,
अहिले हाँस उठ्न थालेको छ
आरन बिना फलामलाई,
मान्छेले कस्तरी गालेको छ
नबग्रियोस् है मति,
भइसक्यो अति ,
सबैले देखिसक्यो गति ।
दिन त दिनै पर्ने दिने कुरा
कुनाकाप्चालाई
उन्नति चाहिएको छ ।
नाला, झोडा बडला कि बर्खामा,
यो मनले भय पालेको छ ।
नजावोस् पहिरो, नहोस् है खति,
यो मनले महाकाललाई विन्ति चढाएको छ ।
Discussion about this post