विराटनगर । झापाको एक क्रसर उद्योगमा टिपरले किचिएर एक मजदुरको मृत्यु भएको छ।
अर्जुनधारा–७ मा रहेको मंगलश्री क्रसर उद्योगमा काम गर्ने ताप्लेजुङका २३ वर्षीय अर्जुन भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मिलन बस्नेतले सञ्चालन गरेको क्रसर उद्योगमा सोमबार मिक्स गिट्टी लोड गर्ने क्रममा टिपर पल्टिँदा किचिएर मजदुर भट्टराईको घटनास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय अनारमनीले प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Discussion about this post