विराटनगर : विराटनगरका आफ्नै घरबाट लडेर आइतबार दिउँसो वरिष्ठ अधिवक्ता ६८ वर्षीय जगन फुयाँल घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–७ स्थित घरको छतबाट आइतबार दिउँसो ४ बजेतिर चिप्लिएर फुयाँल खसेको प्रहरीले जनाएको छ ।
घरको दुई तलामाथिको करिब २० फिट अग्लो रेलिङबाट खसेर घटना भएको अधिवक्ता सञ्जयकुमार मेहताले बताए ।
मोरङ बारको सदस्यसमेत रहेका फुयाँलको न्यूरो अस्पतालमा उपचार जारी छ ।
तर, अवस्था गम्भीर रहेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएको उनले बताए । उनका अनुसार फुयाँल बोल्न सक्दैनन् ।
‘पुरानो घरको छतमा लेउ लागेको रहेको । उहाँ आफ्नै घरको दुई तलामाथिबाट खसेर घाइते हुनु भएको हो,’ मेहताले भने ।
Discussion about this post