सुनसरी : लायन्स क्लब अफ धरान ग्लोरीद्धारा सुनसरीको रामधुनीस्थित झुम्का कारागारमा दुई सय ५० थान पुस्तकसहित दराज हस्तान्तरण गरिएको छ ।
पूर्वेली अन्तर्राष्ट्रिय समाजको सहयोगमा भएको कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख, डीआइजी चन्द्र कुबेर खापुङको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
लायन्सका अध्यक्ष एकता श्रेष्ठकाअनुसार झुम्का कारागार एक बन्दी गृह मात्र नभई सुधार गृह बन्न सकोस् भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको हो ।
हरेक मानिसको विचार परिवर्तनमा सबैभन्दा महत्वपूर्ण भूमिका पुस्तकको हुने भएकाले बन्दीहरूको लागि उपयोगी विविध विषयको पुस्तक उपलब्ध गराइएको उनले बताए ।
पुस्तक हस्ताण्तरण कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी, उपमेयर तारा थापा, सुनसरी ज़िल्ला प्रहरी प्रमुख सुमन तिम्सिना, जेलर ध्रुव रिज़ाल, सशस्त्र प्रहरी बलका एसपी सुमेन्द्र बज्राचार्य, सशस्त्र कारागार प्रमुख डीएसपी आइन्द्र नेम्वाङ्गलगायत उपस्थित थिए ।
साथै लायन्स क्लबका इन्द्र राजन खत्री, विजय हरि शर्मा, बबरजंग थापा, लीला चिमरिया, रमेश खत्रीलगायत उपस्थित थिए ।
सहयोगी संस्था पूर्वेली अन्तर्राष्ट्रिय समाजका अध्यक्ष सुवास लोहनी तथा संयोजक शिवजी श्रेष्ठले नेपालबाहिर विभिन्न देशहरूमा कार्यरत पूर्व क्षेत्रका नेपालीहरू आबद्ध रहेको यो समाजले नेपालमा विभिन्न रचनात्मक काम गर्दै आएको छ ।
Discussion about this post