काठमाडौँ । परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले शेरबहादुर देउवा योग्यताले नै पाँच–पाँच पटक प्रधानमन्त्री भएको बताएका छन् ।
नेपाली कांग्रेस अछामद्वारा चौरपाटीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, ‘धेरै मान्छेले भन्छन् –शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन् । उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन।’
पाँच– पाँच पटक कुनै पनि माान्छेलाई लट्री नपर्ने साउदको भनाइ छ ।
‘तपाईं कसैलाई पाउनुहुन्छ ५ पटक लट्री परेको मान्छे ? कहिँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ ?,’ उनको प्रश्न छ, ‘शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो।’
नेतामा योग्यता, पार्टीको विचार र चिन्तनले देउवा पाँच पटक प्रधानमन्त्री भएको उनले बताए ।
Discussion about this post