झापा । फूल टिप्ने क्रममा जंगली हात्तीको आक्रमणमा परी झापामा एक वृद्धाको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका–१० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साहको हात्तीको आक्रमणबाट सोमबार बिहान मृत्यु भएको हो ।
वडाध्यक्ष नारायण खनालका अनुसार दैनिकपाठ पूजाकालागि घरबाहिर निस्केकी साहलाई बिहान ५ वजे हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
Discussion about this post