नेत्रप्रसाद निरौला
अँध्यारोको बत्ती
उकालोमा लठ्ठी
मेरो मनको धरहरा
मेरो आँखा, मेरो सहारा
सकिन्न बुझाउन तिम्रो ऋण
सधैँ नतमस्तक छ यो जीवन
हरसमय एकै साथ
आउँछ तिम्रो याद
जीवनका हरेक गतिहरुमा
तिम्रो शक्ति छ
के सक्छु र म दिन
धेरै भक्ति छ
कहाँ अन्त्य गरौं, कहाँबाट सुरु गरौं
सधैँ सधैँ नमन मेरा सबै गुरु ।
Discussion about this post