झापा । ‘एभरेष्ट हाइपर मार्केट’ ले आफ्ना ग्राहकका लागि पेट्रोल निःशुल्क उपलब्ध गराउन शुरु गरेको छ ।
मार्केट स्थापनाको चौथो बर्ष प्रवेशसंगै ग्राहकलाई निःशुल्क पेट्रोल उपलब्ध गराउन शुरु गरेको मार्केटका सञ्चालक चान महमदले जानकारी दिए । बाह्रदशी गाउँपालिका– ३ स्थित राजगढ बजारमा रहेको हाइपर मार्केटले टाढाबाट सामान खरिदका लागि आउने ग्राहकलाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरेको हो ।
टाढाबाट आउने ग्राहकलाई तीन हजार र नजिकबाट आउने ग्राहकलाई चार हजार रुपैयाँको सामान खरिदमा एक लिटर पेट्रोल निःशुल्क उपलब्ध गराउन शुरु गरेको हो ।
ग्रामीण क्षेत्रमा रहेर एउटै छानामुनि सबै प्रकारका सामग्रीउपलब्ध गराउदै आएको हाइपर मार्केटले सुलभ र गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको छ । औषधि बाहेकका सबै सामग्री एकै ठाउँमा उपलब्ध हुने भएपछि ‘एभरेष्ट हाइपर मार्केट’ सबैको रोजाइमा पर्ने गरेको छ ।
यसअघि ‘सस्तो बजार’ का नामबाट दक्षिणी क्षेत्रका सर्ब साधारणलाई सरल र सुलभ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको हाइपर मार्केटले हरेक सामग्री खरिमा विशेष अफरको आयोजना गर्दै आएको छ ।
घरमा प्रयोग गरिने खाद्यान्यदेखि लत्ता कपडासम्मका सामग्रीको खरिदमा विशेष छुट उपलब्ध गराएर जिल्लामै सस्तो सामग्री बिक्री केन्द्रका रुपमा चिनिएको हाइपर मार्केटले छोटो समयमा ग्राहकको मन जितेको मार्केट सञ्चालक महमदको दाबी छ ।
मार्केट स्थापनाको चार वर्ष प्रवेशसँगै ग्राहकको सुविधालाई मध्यनजर गर्दै पेट्रोल निःशुल्क गरिएको सञ्चालक महमदको भनाई छ ।
‘मार्केटले उपलब्ध गराउदै आएको सेवालाई ग्राहकले औधि मन पराएको र उनीहरुका लागि समेत मार्केटका तर्फबाट उपहारस्वरुप एक लिटर पेट्रोल दिने अभियान सञ्चालन गरेका हौं’ उनले भने ।
‘त्यसो त रहेक सामग्री खरिदमा कुनै न कुनै छुट सुविधा मार्केटले उपलब्ध गराएकै हुन्छ’ उनले भने ‘यसपटक नयाँ सोधका साथ हामीले ग्राहकलाई इन्धन उपलब्ध गराउने निर्णय गरेका हौं, अब सामग्री खरिदका लागि आउने जो कोहीले पनि पेट्रोल निःशुल्क पाउनु हुन्छ’ महमदले भने ।
बजार मूल्यभन्दा सस्तोमा सामग्री उपलब्ध गराए पनि टाढा टाढाका ग्राहकलाई दूरीका कारण आउन असहज भएको गुनासो आएसंगै मार्केटले तत्काल नयाँ रणनीति ल्याएर इन्धनउ पलब्ध गराउने निर्णय गरेको बताइएको छ । निःशुल्क पेट्रोल उपलब्ध गराउन शुरु गरेसँगै अहिले हाइपर मार्केट हेर्ने र सामग्री खरिद गर्नेको भीड लागेको छ ।
स्कूटर उपहार
‘एभरेष्ट हाइपर मार्केट’ले कचनकवल निवासी सुनिता राईलाई उपहार स्वरुप एक थान स्कूटर प्रदान गरेको छ । मार्केटले सञ्चालन गरेको लक्की ड्र कार्यक्रममा सहभागी बनेकी राईलाई उपहारमा स्कूटर परेपछि हिरो होण्डा ब्राण्डको एक थान स्कूटर प्रदान गरिएको हो । उपहारमा पाएको स्कूटर र स्कूटरको चाबी गाउँपालिकाकी उपाध्यक्ष शान्ता शिवाकोटी खरेलले हस्तान्तरण गरेकी थिइन् ।
हाइपर मार्केटले सञ्चालन गरेको लक्की ड्र कार्यक्रममा १० हजारभन्दा बढी सहभागी थिए । तीमध्ये भाग्यशाली विजेताका रुपमा यो वर्ष राईलाई स्कूटर उपहार परेको हो । हरेक वर्ष मार्केटले एक–एकजना ग्राहकलाई स्कूटर प्रदान गर्दै आएको छ । यो वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिँदै ‘लक्की ड्र’ मा सहभागी ग्राहकलाई स्कूटर प्रदान गरेको हो ।
‘भारत जाने बाध्यता हट्यो’
एउटै छानामुनि सरल र सुलभ मूल्यमा सबै प्रकारका सामग्री पाउन थालेपछि दक्षिण क्षेत्रका स्थानीय भारतीय बजार धाउन छाडेका छन् । भारतीय बजार दिघलबैंक केन्द्रीत हुने दक्षिणी झापाका सर्वसाधारणको रोजाई अहिले एभरेष्ट हाइपर मार्केट बनेको छ ।
हाइपर मार्केटमा हरेक सामग्री गुणस्तरीय र सुलभ मूल्यमा पाउन थालेपछि आफूहरु किनमेलका लागि भारत जान छाडेको हल्दिबारी गाउँपालिका १ निवासी सिर्जना धिमालले बताइन् ।
‘एभरेष्ट हाइपर मार्केट सञ्चालनमा आएसँगै शुरुमा हेर्नका लागि आएका थियौं, यहाँको सेवा राम्रो लाग्यो र अहिलेसम्म हरेक सामग्री खरिदका लागि यहीँ आउने गरेका छौं’ धिमालले भनिन् ।
यसअघि भारतका दिघलबैंकदेखि पानीट्याङ्की र नक्सलवाडीसम्म जाने गरेको उनको भनाई छ । भारतमा जस्तै सुलभ मूल्यमायही सामग्री पाउन थालेपछि भारतीय बजार जान छाडेको उनले बताइन् ।
उनी जस्तै सोही ठाउँ निवासी नवीना उप्रेतीले पनि यो मार्केटमा रहेक सामग्री राम्रो र सस्तोमा पाउन थालेसँगै अन्यत्र जान छाडेको बताइन् । उनले भनिन्– ‘यसअघि सामान खरिदका लागि बिर्तामोड र भारतीय वजार जाँदै आए पनि अहिले यो मार्केट नै पहिलो रोजाई बनेको छ ।’
बाह्रदशी गाउँपालिका २ का शिक्षासेवी नारायण ढकालले आफ्नो मात्र नभई हाइपर मार्केट गाउँपालिकाबासीकै गौरव रहेको बताए । उनले भने– ‘हरेक सामग्री बजार मूल्यभन्दा सस्तो छ , यहाँ न ठगिने डर छ न त गुणस्तरमा कुनै चिन्ता छ । यो मार्केट सञ्चालनमा आएपछि हरेक सामग्री खरिदका लागि अन्यत्र जानु परेको छैन ।’
राजगढ बजारमा यो मार्केट सञ्चालनमा आएसँगै बाह्रदशीवासी मात्र होइन छिमेकी पालिकाबाट सामग्री खरिद गर्न आउन थालेसँगै राजगढमा व्यापारिक चहलपहल समेत बढेको उनको भनाई छ ।
क्यास ब्याककार्ड सार्वजनिक
‘एभरेष्ट हाइपर मार्केट’ ले ग्राहकका लागि क्यास ब्याक लोयल्टी कार्ड अफरका रुपमा सार्वजनिक गरेको छ । हाइपर मार्केटमा आएका ग्राहकहरुले हरेक सामान खरिद गर्दा कार्डमार्फत प्रदान गरिएको नम्बर उपलब्ध गराएसँगै आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएको हो ।
यो योजना ल्याएसँगै ग्राहकलाई कार्ड उपलब्ध गराउन शुरु गरिएको मार्केटका सञ्चालक महमदले जानकारी दिए । ‘कुनै पनि बस्तु तथा सेवाको उपभोग वाखरिदको बदलामाकार्ड प्रयोग गरेको खण्डमा दुई प्रतिशत रकम फिर्ता हुने योजना ल्याइएको हो’ महमदले भने ।
मार्केटले यो योजना सार्वजनिक गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव प्रकाश पाठकले खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्– ‘अन्तर्राष्ट्रिय व्यावसायिक योजनास्वरुपको सुविधा आफ्नै गाउँ घरमा प्राप्त गर्दा पनि ठूलै शौभाग्य मिल्दो रहेछ । युवा व्यवसायी चान महमदको उद्यमशीलता र लगनशीलताले शिखर चुमोस् ।’ पाठकले आफूले समेत क्यास व्याक कार्ड बनाएको भन्दै तस्बीर समेत सार्वजनिक गरेका हुन् ।
Discussion about this post