काठमाडौँ । राजसंस्थाको विषयमा लिएको नीतिमा पार्टीले पुनर्विचार गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् ।
राजसंस्थाको औचित्य र आवश्यकता रहेको भन्दै उनले केन्द्रीय समिति बैठकको धारणा र कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको विषयमा लिइराखेको नीतिमा पुनर्विचार गरिने बताए ।
बुधबार पार्टी आबद्ध जनवर्गिय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस कम्युनिस्ट प्रति जनताको चरम वितृष्णा रहेको भन्दै अध्यक्ष थापाले २०८४ को निर्वाचनमा नयाँ शक्ति जनताको रोजाई हुने बताए ।
थापाले नयाँ शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै सबै जनवर्गीय संगठनहरुलाई संगठन केन्द्रित हुन निर्देशन दिए ।
Discussion about this post