आज देशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो समय बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेकाले मौसम बदली भएको महाशाखाले जनाएको छ । जसका कारण तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ ।
आज दिउँसो पनि प्रदेश १ को पहाडी क्षेत्रको एकरदुई ठाउँमा हल्का वर्षा र बागमती र गण्डकीको उच्च पहाडी भू(भागका एकरदुई क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ती ठाउँ बाहेक अन्य भागमा भने मौसम सामान्यतया सफा रहने छ ।
Discussion about this post