विराटनगर । मोरङको सुन्दरहरैँचामा इनारमा डुबेर घाइते भएका युवाको आइतबार दिउँसो मृत्यु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–९ मुस्लिम टोलमा खानेपानीको इनार सफा गर्ने क्रममा दिउँसो २ः३० बजेतिर घटना भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले अब्दुल मल्लिकको जग्गामा रहेको इनार सफा गर्ने क्रममा डुबेर बेलबारी नगरपालिका–७ का २५ वर्षीय बौका कुमालको मृत्यु भएको जानकारी दिए ।
सफा गर्ने क्रममा इनारमा खसेर डुबेका कुमाललाई घाइते अवस्थामा उद्धार गरिएको थियो । गम्भीर अवस्थानका उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइयो । अस्पताल ल्याइपुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
शवलाई कोसी अस्पतालमै राखिएको डीएसपी दाहालले बताए । घटनाको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post