झापा । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुप्रसाद निरौला र एक महिलाबीच नगरपालिकाकै क्वाटरमा आपत्तिजनक भिडियो सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत निरौलाको कार्यकक्षमा तालावन्दी गरिएको छ ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले प्रमुख प्रशासकीय अधिकृत निरौलाको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
मदिराको नशाले लट्ठ भएर अनैतिक हर्कत गरेको भिडियो टिकटकबाट सार्वजनिक भएपछि निरौला अहिले विदामा छन् । आफूले प्रयोग गर्दै गरेको सिम कार्ड नगरपालिकालाई प्रदान गर्दै उनी विदामा बसेका हुन् । उनले नगर प्रमुख राम थापासँग मौखिक विदा मागेको बताइएको छ ।
उनको हर्कत बाहिरिएसँगै राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष राम पौडेलले नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईँलाई ज्ञापनपत्र बुझाउँदै निरौलाको यो हर्कतले सिङ्गो दमककै बेइज्जत भएकाले उनलाई तत्काल कारबाही माग गरेका छन् ।
आइतबार नगर कार्यपालिकामा प्रतिनिधित्व गर्ने १५ जना कार्यपालिका सदस्यहरूले सामूहिक रुपमा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका थिए ।
सार्वजनिक पद धारण गरेर बस्ने व्यक्तिले सार्वजनिक ठाउँमै यो खाले हर्कत गरेको भन्दै तत्काल कारबाही गरिनुपर्ने संघले जनाएको छ ।
यसैबीच, निरौलासँग क्वाटरमा नै गएर रोमान्स गर्ने युवती व्यवसायी भएको खुलेको छ । दमक निवासी उनले बिर्तामोडका एक व्यवसायीसँग वैवाहिक सम्वन्ध गाँसेपनि हाल उनीहरुबीचमा फाटो आएको बुझिएको छ । उनीहरुबीच अहिले सम्वन्ध विच्छेदको मुद्दा चलिरहेको स्रोतले जनाएको छ ।
सम्वन्ध बिच्छेदको मुद्दा चलेसँगै उनले दमकमा कपडा पसल सञ्चालन गर्दै आएको बताइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत निरौलासँग क्वाटरमा रोमान्स गर्दै गरेको भिडियो उनले नै टिकटक मार्फत सार्बजनिक गरेकी थिइन् ।
टिकटकमा लाइभ बसेकी उनले निरौलासँगको हर्कत सामाजिक सञ्जालमा भाइरल भएसँगै उनले टिकटक आइडी डिएक्टिभ गरेकी छिन् । यता, प्रमुख प्रशासकीय अधिकृत निरौला आफ्नो मोबाइल अफ गरेर बसेका छन् ।
Discussion about this post