काठमाडौँ । नेपाली कांग्रेसले सांगठानिक सुदृढीकरणका केन्द्रीय प्रतिनिधिलाई १८ बुँदे कार्यविधि दिएर जिल्ला पठाएको छ ।
सभापति शेरबहादुर देउवाले १८ बुँदे कार्यविधि प्रतिनिधिलाई दिएका हुन् । असार २१ र २२ गते भएको जिल्ला सभापति बैठकको १४ बुँदे आन्तरिक प्रतिबद्धता र पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय पनि उनीहरुलाई दिइएको छ ।
साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि जिल्लामा पुगिसकेका छन् ।
कांग्रेसले सहमहामन्त्री, केन्द्रीय सदस्यहरू र पूर्व केन्द्रीय सदस्यलाई जिल्ला–जिल्ला खटाएको छ ।
जिल्लामा रहेका सबै निर्वाचन क्षेत्र हेर्ने गरी एक प्रतिनिधि खटाइएको छ । अभियानमा प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्य खटिएका छन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि सबै जिल्लामा अभियान सुरु हुने बताए ।
Discussion about this post