काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने स्थान गौरीकुण्डमा पहिरोमा परी ३ जना नेपालीको मृत्यु भएको छ । १० जना बेपत्ता भएका छन् । पहिरोमा परी ६ जना भारतीय बेपत्ता भएका छन् ।
उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटल पहिरोले बगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
पहिरोमा ज्यान गुमाउने र बेपत्ता हुनेमा जुम्ला जिल्लाका छन् ।
बेपत्ता भएकामध्ये तीन नेपालीको शव शुक्रबार साँझ भेटिएको भारतीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
गौरीकुण्डस्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज कुलेन्द्रसिंह रावतले भेटिएका शवको पहिचान हुन नसकेको जनाए ।
Discussion about this post