काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक रमेश लेखकले गम्भीर प्रकृतिको मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरुलाई आम माफी दिन नसकिने बताएका छन् ।
नेता लेखकले गम्भीर प्रकृतिको मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरुलाई आम माफी दिनेगरी सरकारले संसदमा पेश गरेको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार रहेको बताए ।
आइतबार मानवअधिकार तथा शान्ति समाजले संसदमा प्रस्तुत ‘केही नेपाल ऐन संशोधन विधेयकहरुका सम्बन्धमा’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले सो विधेयक परिमार्जन गरेर अघि बढने बताएका हुन् ।
प्रमुख सचेतक लेखकले मुलुकमा न्याय, शान्ति हुने, हिंसा नहुने, मानव अधिकार रहने, कानुनको शासन पनि जिवित रहने र दण्डहिनता पनि समाप्त हुने ढंगले सो विधेयक संसदबाट पारित गराउने बताए ।
उनले मुलुकमा दण्डहिनताको अन्त्य हुने गरी विधेयकहरु अघि बढाउने विषयमा आफूहरुले गम्भिरतापूर्वक छलफल गर्ने समेत बताए । प्रमुख सचेतक लेखकले सो विधेयक संक्रमणकालिन न्यायसँग भने सम्बन्धित नभएको पनि स्पष्ट पारे ।
Discussion about this post