विराटनगर । मोरङ काग्रेसले विशेष आन्तरिक शुद्धीकरण अभियान सुरु गरेको छ । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितीले मोरङमा विशेष आन्तरिक शुद्धीकरण अभियानको पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेर सुरुवात गरेको हो।
कार्यबाहक सभापति भक्तिनाथ माझीको सभापतित्वमा सम्पन्न कार्यक्रमा केन्द्रीय प्रतिनिधि तथा पार्टीका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाली काङ्ग्रेस कोशी प्रदेशका अध्यक्ष तथा मुख्यमन्त्री उद्दव थापा विशेष अथितिका रुपमा सहभागी भएका थिए ।
मोरङको ६ वटै निर्वाचन क्षेत्र र विराटनगर महानगरपालिकामा समेत यो अभियान चलाउने योजना रहेको जनाइएको छ ।
कार्यक्रममा सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले पार्टीमा लगनका साथ् काम गर्ने दिन आएको बताइन् । उनले भनिन् ‘ हामीले हाम्रो पार्टीका लागि काम गर्ने दिन आएको छ, हामी सबै आ–आफनो ठाउँबाट पार्टीका लागि खट्नु पर्छ ।’
Discussion about this post