विराटनगर । डेंगु संक्रमणबाट दुई महिनामा सुनसरीमा ९ जनाको मृत्यु भएको छ । कोशी प्रदेशका १४ मध्ये १३ जिल्लामा डेंगी फैलिएको छ ।
कोशी प्रदेशका १३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । संखुवासभामा भने हालसम्म संक्रमित भेटिएका छैनन् ।
संखुवासभाबाहेक कोशी प्रदेशका १३ जिल्लामा हिजोसम्म ७ हजार २७३ जना संक्रमित भएका छन् ।
सुनसरीमा सबैभन्दा बढी ४ हजार ८७४ जना संक्रमित छन् ।
सुनसरीपछि झापामा ५६४, उदयपुरमा १९४, भोजपुरमा ९८, संखुवासभामा ९७ र तेह्रथुममा ६७ जना संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
Discussion about this post