काठमाडौं । तीर्थयात्री बोकेको बस बाराको चुरियामाई नजिकै दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।
काठमाडौंबाट जनकपुर जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस बाराको जितपुर सिमरा, चुरियामाई नजिक बिहान दुर्घटना भएको हो ।
बस दुर्घटनामा ६ भारतीय नागरिक र एक नेपालीको मृत्यु भएको बारा प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए ।
चालकसहित २८ यात्रु चढेको उक्त बस चुरियामाई मन्दिरबाट सय मिटर दक्षिणतर्फको खोलामा खसेको छ ।
अधिकांश भारतीय तीर्थयात्री बोकेको बस पशुपतिनाथको दर्शन गरी काठमाडौंबाट जनकपुर जाँदै थियो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।
Discussion about this post