काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकको अध्यक्षता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।
बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेशका मूख्यमन्त्री, मूख्य सचिव तथा सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापतिलगायतको उपस्थिति रहेको छ ।
बैठकको सुरुमा योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् ।
Discussion about this post