काठमाडौं । अग्रज पत्रकार एवम् साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । जनकपुरस्थित म्याक्स अस्पतालमा सोमबार बेलुका उनको निधन भएको हो ।
एक वर्षयता बिरामी रहेका उनको उपचार भइरहेको थियो ।
जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा रामदुलार साह र आमा इन्द्रमणि देवीबाट विसं २००२ भदौ १९ गते उनको जन्म भएको थियो ।
नेपालीले २०१८ सालदेखि पत्रकारिता शुरुआत गरेका नेपालीले २०१५ सालमा ‘जानकी नौवमी’ कविता माफृत् साहित्य लेखन सुरु गरेका थिए ।
उनी लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।
Discussion about this post