झापा, झापाको कनकाई नहरमा बिष्णु चिमरियाको शब फेला परेको छ ।
शिवसताक्षी नगरपालिका १० स्थित कनकाई ३८ वर्षीय चिमरियाको शव फेला परेको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुका ८ बजेबाट हराएका चिमरिया शब आज विहान माइधारदेखि करिब २ किमी दक्षिण आइतबारे स्थित कनकाई नहरमा भेटिएको वडाध्यक्ष हर्क सिगुले जानकारी दिए ।
चिमरियाको शवलाई पोष्टमार्टमका लागि मंगलबारे लगिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
Discussion about this post