काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन अभियानको लडाइँ नरोकिने बताएका छन् ।
समाजवादी मोर्चा नेपालद्वारा कर्णाली प्रदेशको सुर्खेतमा आयोजित सन्देश सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘यो पटक सरकार र गठबन्धनको तर्फबाट भ्रष्टचार विरुद्ध सुशासनको अभियानको रुपमा नयाँ लडाइँ सुरु गरिएको छ । त्यसमा एकताबद्ध हुन अपिल गर्दछु यो राकिनेवाला छैन । ’
कतिपयले भ्रम छर्ने कोसिस गरे पनि गठबन्धन र मोर्चा एक ढिक्का भएर आफ्नो लक्षप्रति निरन्तर अगाडि बढ्ने उनले बताए ।
Discussion about this post