काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले १५ जना केन्द्रीय सदस्यहरुलाई विभागीय प्रमुखमा मनोनयन गरेका छन् ।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम उनीहरुलाई विभिन्न विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।
मनोनित हुने केन्द्रीय सदस्यहरुमा कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश समन्वय विभागको जिम्मेवारी पाएका छन् भने पुष्पा भुसालले महिला विभागको जिम्मेवारी पाएकी छन् ।
त्यस्तै केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले उद्योग तथा व्यापार विभागको जिम्मेवारी पाएका छन् भने किरण यादवले तराई मधेश समन्वय विभागको जिम्मेवारी पाएकी छन् ।
थारु विभागको जिम्मेवारी योगेन्द्र चौधरीले पाएका ने पर्यटन विभागको जिम्मेवारी आङ्गेल शेर्पाले पाएकाे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
Discussion about this post