काठमाडौ । संस्थापक नेता वीपी कोइरालाको ११०औँ जन्म जयन्ती अवसरमा नेपाली कांग्रेसले भदौ २४ देखि २६ गतेसम्म वीपी साहित्य महोत्सव आयोजना गर्ने भएको छ ।
कुनै पनि राजनैतिक दलले यसरी गर्न लागेको महोत्सव पहिलो रहेको र एैतिहासिक महोत्सव हुने साहित्य महोत्सबका संयोजक नेपाली काग्रेसका सहमहामन्त्री डा. बद्री पाण्डेले बताए ।
महोत्सवमा साहित्य लगायत विभिन्न क्षेत्रका बिज्ञहरुबाट दैनिक ४ वटा सेसन हुने संयोजक पाण्डेको भनाइ छ । महोत्सबमा वीपी कोइरालाको साहित्यप्रति रुचि, उनको जीवन, दर्शन र नारी प्रतिको दृष्टिकोण समेत चित्रण गरिनेछ ।
महोत्सवमा बृत्तचित्र, कला तथा विभिन्न प्रकारका चित्रहरुको समेत प्रदर्शनी पनि रहनेछ । यस अवसरमा हेल्थ डेस्क, बुक स्टल, टिसर्ट, ब्याच समेतको प्रदर्शनी र बिक्री वितरण गरिने जनाइएको छ ।
महोत्सवमा सेल्फी पोइन्ट, ऐतिहासिक चित्र प्रदर्शनी समेत गरिनेछ । आयोजकले ३ दिनमा १० हजारभन्दा बढीको सहभागिता रहने जनाएको छ ।
महोत्सब तयारीका बारेमा आज आइतबार पार्टी कार्यालय सानेपामा आयोजक समिति र सूचना, सञ्चार तथा प्रचार बिभागबीच छलफल गरिएको थियो ।
आयोजक समितिका संयोजक पार्टीका महामन्त्री बिश्वप्रकाश शर्माले महोत्सवको तयारीका बारेमा जानकारी गराएका थिए । यस्तै, प्रचार बिभागका प्रमुख मीन बिश्वकर्माले महोत्सवको तयारीमा जुट्न आग्रह गरे ।
Discussion about this post