इटहरी । नेपाल मानव धर्म सेवा समितिले ‘विराट सत्सङ समारोह–२०८०’ आयोजना गर्ने भएको छ । समितिले असोज १९ र २० मा इटहरीमा दुई दिवसीय विराट सत्सङ समारोह आयोजना गर्ने भएको हो ।
मानवबीचको प्रेम, सद्भाव, सहिष्णुता एवम् आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं समग्र विश्वमा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया’ को महान् प्रेरणा जागृत गराउने उद्देश्य राखी आयोजना हुन लागिरहेको विराट सत्सङ समारोह–२०८० को उद्घाटन सतपालजी महाराजबाट हुनेछ ।
समारोहमा आत्मानुभवी सन्त महात्माहरूद्वारा प्रवचन एवं नाम चलेका कलाकारहरूबाट भक्ति सङ्गीत र साँस्कृतिक कार्यक्रमहरूको प्रस्तुति समेत रहनेछ । समितिले विभिन्न धार्मिक आस्थामा विश्वास राख्ने मनको शान्ति तथा अटुट आध्यात्मिक सुखको चासो र खोजी गर्न चाहनेका लागि समारोह एक कोशेढुङ्गा साबित हुने बताएको छ ।
Discussion about this post